म सबैबाट एक्लीएर कतै टाढा पुगेछु,
जति
नजिकीन् खोजे अझै पर धकेलीएछु,
धेरैलाई बुझ्न खोज्दा झनै अबुझ भएछु,
रोकिन
खोज्दा भौतारीरहेछु,
अँ, आज म एक्लीएर कतै टाढा पुगेछु !!
खोज्दा खोज्दै मेरो गन्तब्य, म आज गन्तब्यहीन भएछु,
बुझ्दा
बुझ्दै सबैका मन्तव्य, म परभावहीन भएछु !
म अनुसरणीय भएछु,
म परजीवी
भएछु,
म के भएछु ?
म दु:ख भएछु, म कष्ट भएछु !
म खोक्रो
भएछु, म नष्ट भएछु !
म सबैबाट एक्लीएर आज कतै टाढा पुगेछु,
आफैसङ्ग
बेग्लीएर आज आफैबाट टाढा पुगेछु !!
