Monday, 17 May 2021

भिन्नता

                      
   
मेरो वेग सङ्गै बहकीन सक्ने तिम्रो रफ्तार छैन,
तिमी विनाशकारी हुन सक्दैनौ,
अहँ, तिमी बिल्कुल फरक छौ,
हाम्रो भावनामा मेल छैन,
म उजाड बनाइदिन्छु हरियालीलाई,

तिमी अझै प्रश्न गर्छौ किन,
म सङ्ग भावना बुझ्ने सामर्थ्य छैन ?

तिमी जुन, तारा र गुलाफी कुरा गर्छौ,
म आफू, आफैसङ्ग, आफ्नै बारेमा कुरा गरिरहन्छु,
यसर्थ तिमी र म बिल्कुल भिन्न छौँ,
तिमी माया र प्रेमका कुरा गर्छौ,
म जीवन र मृत्युका बारे सोचिरहन्छु,
तसर्थ हाम्रो मायामा रोक छ,

तिम्रो जीवन फुलबारी झै,
तर मेरो जीवनमा रोक र शोक छ !!

Tuesday, 11 May 2021

आमा

                                                     

      
           आमा सृष्टिकर्ता तिमी, हरेक जीवनको निर्माता            
तिम्रो  ममता अपरम्पार, माया स्वार्थहीन
तिमी एक कलाकार, तिमी जीवनदाता !!

सृजनाले सजाउदै घर, आफ्नै रचनाले सिर्ज्योउ जगत 
आँशु बेच्दै सपना किन्दै सन्ततिका नाममा,
कुर्दै बस्छिन ऊनी बुढेसकालमा
चुक्ता हुने दिन, बगेका उन्का थोपा आँसु र रगत !!

सन्तानको रेखदेखमा आमा बन्छिन,
कहिले दुर्गा, कहिले काली
आमा लक्ष्मी, आमा स्वरस्वती
बन्छिन आमा सर्बोपरी !!

परिस्थिति जस्तो आवोस कुनै माता हुन्नन कुमाता,
बाधा, संकट जति आवोस नबाडीइ सन्तानमा,
बाड्छीन आमा सबैलाई बराबरी, सुख, माया र ममता !!

आमा,
मात्रै शब्द एक,
तर भावना अनेक
शीतल छहारी,अपार माया,
अटुट सम्बन्ध एक !!

गर्भमा पृथ्वी

  धरतीको मुटुभित्र शान्त भएर बसेका छन्,  शिलामा कोरिएका  कथाहरु !  युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा,  उल्काबर्षा...