Thursday, 23 May 2019

कतै टाढा




म सबैबाट एक्लीएर कतै टाढा पुगेछु,
 जति नजिकीन् खोजे अझै पर धकेलीएछु,
धेरैलाई बुझ्न खोज्दा झनै अबुझ भएछु,
 रोकिन खोज्दा भौतारीरहेछु,
 अँ, आज म एक्लीएर कतै टाढा पुगेछु !!


खोज्दा खोज्दै मेरो गन्तब्य, म आज गन्तब्यहीन भएछु,
 बुझ्दा बुझ्दै सबैका मन्तव्य, म परभावहीन भएछु !


म अनुसरणीय भएछु,
 म परजीवी भएछु,
म के भएछु ?
म दु:ख भएछु, म कष्ट भएछु !
 म खोक्रो भएछु, म नष्ट भएछु !


म सबैबाट एक्लीएर आज कतै टाढा पुगेछु,
 आफैसङ्ग बेग्लीएर आज आफैबाट टाढा पुगेछु !!

गर्भमा पृथ्वी

  धरतीको मुटुभित्र शान्त भएर बसेका छन्,  शिलामा कोरिएका  कथाहरु !  युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा,  उल्काबर्षा...