जति फसाउन, दबाउन,
बनाएनि काँडे जन्जिर,
झुकेको छैन, अटल र अखण्ड
नेपालीको श्वाभिमानी यो शिर,
पुर्खाको रगतले चिनाएको छ जगतमा,
कहिल्यै नझुक्ने, दु:खमा नलुक्ने,
आईलाग्ने लाई छोड्दै नछाड्ने,
गोर्खालीको सन्तति हो,
नेपाली यो वीर !!
(ने पा ली; वीर गोर्खाली ) *३
हिमाल, पहाड र तराई मिली बनेको छ यो नेपाल,
बहुसाम्प्रदायिक;बिबिधतामा एकताले सजि,
उत्तर,दझिण;चीन र भारत,आत्मश्वामित्व बोकी,
प्रकृति र श्वकृतिले भरिपूर्ण र बडो छ यो नेपाल !!
(ने पा ली; वीर गोर्खाली ) *३
स्वतन्त्रता र सार्बभौमिकता नेपालको पहिचान,
बिश्व शान्ती, मानवीय समृद्धि नेपालीको परिचय,
संघीयताको सूत्रबद्ध छ, नेपाली यो जीवन,
नेपालीको हातमा बिजय छ, छैन् कतै पराजय !!
(ने पा ली; वीर गोर्खाली ) *३