आजभोलि यहाँ सबै कुराहरु देखावटीमा मात्र फरक देखिन्छन्,
हाम्रा रोग, भोक र कष्ट समान छन्, गरीबी व्याप्त छ।
लुटेराका अनुहार मात्र फरक छन्,
लूट, सर्बत्र पर्याप्त छ॥
विकासको नाम मा विनाश र निमुखाको नाममा
नेता कार्यकर्ताले गोजी भरिराखेका छन्,
बाकी हामी समान छौँ ।
यसर्थ हामी अझै ओझेलमै छौं,
अझै कहिले सम्म ढाक्ने, यो कालो अन्धकारले
हाम्रा आशामुखी अनुहार ?
हामी लगातार उज्यालोको खोजीमा छौं,
अझै म देखिरहेको छु,
भबिस्यमा समान अन्धकार ॥
म बस एक बेकार झुठ,
म वाकुलव्याकुल भैसके,
निरासिन्छु कहिले, निशासिन्छु कहिले
किन म सत्यलाई लुकाउन सक्दैन ?
किन म झुठलाई अङगाल्न सक्दैन?
किन म हरेक दिन अनेक बाट लुटिएको छु?