Tuesday, 9 December 2025

गर्भमा पृथ्वी

 






धरतीको मुटुभित्र

शान्त भएर बसेका छन्, 

शिलामा कोरिएका  कथाहरु ! 

युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥


पहाडको अँध्यारो गर्भमा, 

उल्काबर्षा झैँ चम्किन्छन्, 

गतिशील तामाका रेखा, सुवर्णका गाथाहरु !

अनन्त उत्पत्ति र परिवर्तनका, ऐतिहासिक कथाहरू॥


सुर्य झैँ  रातो फलाम, 

सागर झैँ बिशाल, साम्य धातुका स्वप्नहरु

हाम्रो भेटको पर्खाइमा !

कति व्याप्त छ, तिमी भित्र

समृद्धिको त्यो पहिलो कदम?

कति बिशाल छ, तिम्रो गर्भमा सम्भावना॥


धर्तीका गहिरा पाठकहरु, 

चट्टानहरुको  भाखा बुझेर, 

पुर्बी सागरमा डुबुल्की मार्दै

कोर्दछन् पत्र- पत्रका कविता!

ताप, चाप र रुपान्तरणले जन्माउँदछन्,

पहाडका गर्भमा,

सुन्दर मणिहरु, अदभूत खनिज, रन्जीता॥


Tuesday, 18 June 2024

अहिलेको नेपाल


अहिलेको नेपाल

काठमान्डुूू मै, सिमित भएको छ

काठमाडौं, वरिपरिका भ्रमित छन् ।

 

नयाँ नेपाल,

काठमाडौं मात्रै हैन्, है !

इतिहास, मिटाई सके

वर्तमान, कुल्चेर हिड्दा 

भविष्य, पचाई: सके ।।


             अब, बालेन नै,नयाँ प्रचण्ड 
           हुन पर्यो ।
            वलीएकालै रोक्न नसकोस
         रोकिने त, 
       स्वभाव मै छैन
         भावना , 
               शेरेको नहुन्, पर्यो ।।

        कर्णाली
               चिनिनु पर्यो, रहदा नै शेष
                 मिटीसकेसी, बुझ्ने जनभावना
              खच्चड मर्देन् त?
              यहाँ चोर त, सरकार
                  गधाहरुले चलाको छन, देश ।।

           


Tuesday, 27 February 2024

भावनाहरु

मलाई तिमीसंगै हुन्, मन लाग्छ
तिमीलाई, छुन मन लाग्छ।

तिमीसङ्गै रुन, मन लाग्छ
मलाई तिम्रो नै हुन्, मन लाग्छ ।।

Friday, 25 November 2022

सपना

सपना,  
कसरी  पुरा गरुम ?
उड्ने,
यी मेरा चाहाना
      
बुझिदेउ,
मेरा भावना ।।

 

अतृप्ति छन्, असम्भब छैनन्,
अशङ्ख्य छन्, अव्यवस्थित छैनन्।
म विमत छु, अव्यबहारिक छैन्, 
सपना, 
अनौठा छन्, निहाली हेर्,
म सङग पनि, त्रिनेत्र छैन ।।

Saturday, 4 June 2022

शून्य


फेरि लड्नु छ,
बिगत भुलेर, बर्तमान सङ्ग
धेरै हिड्नु छ,
कर्मको फल बोकि,
कतै नरोकि, नठोकी
जीवन जिउनु छ,
अर्थ बुझी।

मेरो अतीत घुमाउरो छ,
भबिस्य बाङ्गो छ
जीवन एउटै छ,
बर्तमान नाङ्गो छ।

शून्यतामा हरायो भने जीवन,
म शून्यभित्रै हुनेछु
शुन्य भई बिलायो भने जीवन,
म शून्य हुनेछु ।

Sunday, 6 February 2022

मौन म


हो,
म हराउँदै गएको छु,
खोक्रा सबै,म डराउदैं
समेट्दै, म हिडेको छु,
                                 बोक्रा मेरै, म जलाउदैं।                                
 परिवर्तनशिल छु म,
गलत छैन,आफ्नै गतिमा छु
अबुझ हैन्,
म, मौन छु,
झुन्डमा हैन, म एक्लै छु,
बेकार हैन्, म बिशाल छु।
मौन, म।

सम्बन्ध,
जोड्दै, तोडदै
गन्तव्य,
कोर्दै, मेटाउदै,
हो, म हराउँदै गएको छु
खोक्रा सबै,
म डराउदैं,
समेट्दै म, हिडेको छु,
बोक्रा मेरै,
म जलाउदैं ।

अज्ञात,
बुझ्दै, सम्झाउदैँ
मन्तव्य,
सुन्दै, सुनाउदैँ
म गलत, अबुझ
म बेकार, म एक्लै भएको छु
म शुन्य, मौन म।

Tuesday, 14 December 2021

स्मृति

तिमि आउँदा फुलेका ती कमलहरु,
तिमीसङ्गै डुबानमा गए
मेरा आँखामा कैद छन्,
त, केवल ती दृश्यहरु,
शुन्दरता का, संकल्पित् सपनाहरुका
तर, सबै हराए,
तिमी जस्तै, बाहेक ती स्मृतिहरु।

म अझै पनि आश गर्छु,
यी, शिशिरका खडेरीहरुमा,
कतै कमल फुल्छकी भनेर
म अझै पनि चहार्ने गर्छु,
त्यी, तिमी आउँने गल्ली,पसल र चोकहरुमा,
कतै यी स्मृतिहरु बदलिन्छन्, कि?
मानेर, दृश्यहरु मा।

म कुरी बस्छु ,
हो, हरेक पलहरु
लाई, औंलामा गनेर,
त्यी असीम ममताहरु
का, पछि लुकेका,
बिषम् अमृतको सागरमा
अज्ञात डुबेर,
सोची बस्छु्, तिमीलाई नै
एकान्तमा,
म, एकाग्र भएर।

सायद, त्यो जुट्दैन होला,
जुटे पछी, फेरि पनि।
सायदै , त्यो टुट्दैन होला,
सायदै, जुट्छ होला।

Wednesday, 16 June 2021

अँ ! म सक्छु



अँ ! म सक्छु
म हाँस्न सक्छु
म रुन पनि सक्छु
म हसाउन सक्छु
म रुवाउन पनि सक्छु !!

म सक्दिन त केवल कपट सक्दिन
म सक्दिन त कुसोच्न सक्दिन
कसैको कुभलो सोच्दैन
सोच्दैन त म सक्दैन सोच्दैन !!

सोच्छु, एकदिन म हिमाल चढ्ने छु
सोच्छु, एकदिन म सागर तैरिने छु
म निरन्तर बगिरहने छु
मेरो वेगमा फरक होला
सदैब निश्चित र नियमित हुनेछु !!

अनन्त भोलि

म भोलि कुरिरहेछु,
आज थाहा पाए
म भोलि कुरिरहेछु,
भोलि उहिले बितिसकेको अज्ञातमा,
म जिन्दगीले कोल्टे फेरिसक्दा नि
अझै भोलिको बारेमा बोलिरहेछु,
भोलिको अन्धभक्त बनेर
आज फेरि आफ्नो बोली फेरिरहेछु !!

जीवन भुल रहेछ,
मैले अर्थ खोजिरहें ।
समय बिति जाने रहेछ,
म चाहिँ पर्खिरहें ।

गर्भमा पृथ्वी

  धरतीको मुटुभित्र शान्त भएर बसेका छन्,  शिलामा कोरिएका  कथाहरु !  युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा,  उल्काबर्षा...