धरतीको मुटुभित्र
शान्त भएर बसेका छन्,
शिलामा कोरिएका कथाहरु !
युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥
पहाडको अँध्यारो गर्भमा,
उल्काबर्षा झैँ चम्किन्छन्,
गतिशील तामाका रेखा, सुवर्णका गाथाहरु !
अनन्त उत्पत्ति र परिवर्तनका, ऐतिहासिक कथाहरू॥
सुर्य झैँ रातो फलाम,
सागर झैँ बिशाल, साम्य धातुका स्वप्नहरु
हाम्रो भेटको पर्खाइमा !
कति व्याप्त छ, तिमी भित्र
समृद्धिको त्यो पहिलो कदम?
कति बिशाल छ, तिम्रो गर्भमा सम्भावना॥
धर्तीका गहिरा पाठकहरु,
चट्टानहरुको भाखा बुझेर,
पुर्बी सागरमा डुबुल्की मार्दै
कोर्दछन् पत्र- पत्रका कविता!
ताप, चाप र रुपान्तरणले जन्माउँदछन्,
पहाडका गर्भमा,
सुन्दर मणिहरु, अदभूत खनिज, रन्जीता॥

No comments:
Post a Comment