Sunday, 18 October 2020

LOVE BUZZ

In this cold and nasty weather,

She wants me to be there.

With her, On her bed, with more dry kisses.

She wants me to hunt her,

Like a lion,

Want me to fix her in one with all her pieces.    

By the time flies, She wants me to stay more,

With more cuddles, warm hugs and bare.

She wants more love lines for her,

She want to make a bite,

She hold him like she never before,

And try to whisper in his ear,


'Say, will you always be with me side by side?'

Friday, 11 September 2020

नेपाल र नेपाली

जति फसाउन, दबाउन,
बनाएनि काँडे जन्जिर,
झुकेको छैन, अटल र अखण्ड
नेपालीको श्वाभिमानी यो शिर,
पुर्खाको रगतले चिनाएको छ जगतमा,
कहिल्यै नझुक्ने, दु:खमा नलुक्ने,
आईलाग्ने लाई छोड्दै नछाड्ने,
गोर्खालीको सन्तति हो,
नेपाली यो वीर !!

(ने पा ली; वीर गोर्खाली ) *३

हिमाल, पहाड र तराई मिली बनेको छ यो नेपाल,
बहुसाम्प्रदायिक;बिबिधतामा एकताले सजि,
उत्तर,दझिण;चीन र भारत,आत्मश्वामित्व बोकी,
प्रकृति र श्वकृतिले भरिपूर्ण र बडो छ यो नेपाल !!

(ने पा ली; वीर गोर्खाली ) *३

स्वतन्त्रता र सार्बभौमिकता नेपालको पहिचान,
बिश्व शान्ती, मानवीय समृद्धि नेपालीको परिचय,
संघीयताको सूत्रबद्ध छ, नेपाली यो जीवन,
नेपालीको हातमा बिजय छ, छैन् कतै पराजय !!

(ने पा ली; वीर गोर्खाली ) *३

Saturday, 30 May 2020

साहारा




                            
मलाई साथ देऊ,
तिमी मेरो हौ त भनिदेउ,
मेरो साहस त बनिदेउ,
एकचोटी भनिदेउ, मेरो हात समाएर,
मलाई साहारा देऊ !!

मेरा सुख चुम्ने सबै अधिकार तिमी लेऊ,
तिम्रा दुख सबैलाई सुखमा नै परिणत गरिदिउँला,
हात देउ मलाई हरेक जँघार सजिलै म तराइदिउँला,
एकचोटी भनी त देऊ, 
मेरो हात समाएर मलाई साहारा
देऊ !!

यो सृष्टि त खै कस्को रचना हो ?
हाम्रो सृष्टि हामी आफै रचना गर्नुपर्छ,
सोचेर, 
मलाई एकचोटी भनिदेऊ, 
मेरो हात समातेर, मलाई साहारा देऊ !!

Wednesday, 20 May 2020

काठमाण्डू सहरमा म !



काठमाण्डू सहरमा म  हराएको छु,
हराए सपना सबै, म मौन छु,
जीवनको अन्धकार देखि डराएको छु !!

म यो आफ्नै रहरमा कता बरालिए?
म यो आफ्नै सहरमा सधैं ओरालिए !!
म दु: खी छु, डराउदै, सपनाभरी बर्बराउदै,
हिड्दै छु हराउदै, रुदैं, कराउँदै,
यसरी नै,
म काठमाण्डू सहरमा हराएको छु,
भित्रदेखि नै गलीसकेको छु,
कयौं चोटि जलीसकेको छु !!

म घायल सिंह भएछु,
विरक्त मृग भएछु,
बिशाल समुन्द्र भएछु,
अटुट वायु भएछु,
अटल हिमाल भएछु,
अमर आयु भएछु !!

Sunday, 17 May 2020

नरबलि (COVID -19)



सत्तारूढको प्रलोभनमा,
आज बिश्व धस्किदैछ,
अर्थतन्त्र खस्किदो छ,
मानवअश्तित्व बन्दीमा छ 
विज्ञ र विज्ञानको अतिक्रमणमा !!

प्रकृती माथिको हस्तक्षेपले,
आज जगत यो दु:खद नरमेध भोग्दैछ, 
नरभक्षिहरु हर्षित छ्न्,
फगत रोग,भोक र शोक दिनहु बढ्दैछ,
ज्ञान र विज्ञानको दुरुपयोगले !!

Saturday, 16 May 2020

निरन्तरता









मेरो 
पहिलो पाईलामा नै ठेस खाए मैले
डगमगाएको छैन, हरेस खएको छैन
हत्तासिए, हत्तारिए

हार खाएको छैन
  मेरो 
उडान यति छोटो छैन ।

यो अन्योलतालाई 
आत्मस्वरुपी बाटो दिदैं,
समयको अनन्त घडीमा
 मेरो 
हरपल जीउने प्रयास ।।

प्रवृत्ति
 स्वरुपान्तृत र स्वलीन,
साम्य र अभिदभ्य मनचेतना
मेरो 
 एकमात्र आभाष l


Tuesday, 12 May 2020

वाकुलव्याकुल

आजभोलि यहाँ सबै कुराहरु देखावटीमा मात्र फरक देखिन्छन्,

हाम्रा रोग, भोक र कष्ट समान छन्, गरीबी व्याप्त छ।

लुटेराका अनुहार मात्र फरक छन्, 

लूट, सर्बत्र पर्याप्त छ॥


विकासको नाम मा विनाश र निमुखाको नाममा 

नेता कार्यकर्ताले गोजी भरिराखेका छन्,

बाकी हामी समान छौँ ।

यसर्थ हामी अझै  ओझेलमै छौं,

अझै कहिले सम्म ढाक्ने, यो कालो अन्धकारले 

हाम्रा आशामुखी अनुहार ?

हामी लगातार उज्यालोको खोजीमा छौं, 

अझै म देखिरहेको छु, 

भबिस्यमा समान अन्धकार ॥


म बस एक बेकार झुठ,

म वाकुलव्याकुल भैसके, 

निरासिन्छु कहिले, निशासिन्छु कहिले

किन म सत्यलाई लुकाउन सक्दैन ?

किन म झुठलाई अङगाल्न सक्दैन?

किन म हरेक दिन अनेक बाट लुटिएको छु?

Sunday, 10 May 2020

शब्द






अँ, म असारे खडेरीमा आँधिबेहरी लिएर जन्मेको हुँ ,
मलाई जति तिमीले रोक्न खोज्छौ,
मेरो वेग तेतिनै बढने छ,

म कालीरातको लागि एक चम्किलो प्रकाश हुँ,
जुनेली रातको लागि म एक दुरको तारा हुँ,
पृथ्वी आफ्नो बशमा घुम्छ भन्नेहरुका लागि,
म चम्किलो सुर्य हुँ !!

बिद्दवानको अगाडि म एक बुद्दिमान हुँ,
मुर्खको अगाडि म एक पटमुर्ख हुँ,
गोलीको अगाडि म ढाला हुँ,
तिमी फलाम हुँ भनेर म सङग जुध्न खोज्छौ भने,
म फलामको भाला हुँ !!

म अर्थपूर्ण वाक्य हुँ,
म एक शब्द हुँ,
तिमी राक्षस,
म पनि सैतान हुँ !!

Friday, 3 January 2020

जीवन र म

रङ्गीन जीवनको उदाशीन पलहरुमा,
मेरो यात्रा एकल भो
भङ्गीत आभासको सँकुचित चाहानाहरुमा,
मेरो सपना विफल भो

म त प्रकाश खोजीरहेको छु,
अन्धकार मेरो जीवनमा
म त खुशी खोजीरहेको छु,
मेरा हरेक कर्महरुमा

गतिशील जीवनका हरेक पाइलहरुमा,
साथ खोजीरहेको छु म
हामी बीचका हरेक मौनताहरुमा,
बात खोजीरहेको हुन्छु म !!

गर्भमा पृथ्वी

  धरतीको मुटुभित्र शान्त भएर बसेका छन्,  शिलामा कोरिएका  कथाहरु !  युगौंयुग को कठोर, यात्राका साक्षीहरु॥ पहाडको अँध्यारो गर्भमा,  उल्काबर्षा...