काठमाण्डू सहरमा म हराएको छु,
हराए सपना सबै, म मौन छु,
जीवनको अन्धकार देखि डराएको छु !!
म यो आफ्नै रहरमा कता बरालिए?
म यो आफ्नै सहरमा सधैं ओरालिए !!
म दु: खी छु, डराउदै, सपनाभरी बर्बराउदै,
हिड्दै छु हराउदै, रुदैं, कराउँदै,
यसरी नै,
म काठमाण्डू सहरमा हराएको छु,
भित्रदेखि नै गलीसकेको छु,
कयौं चोटि जलीसकेको छु !!
म घायल सिंह भएछु,
विरक्त मृग भएछु,
बिशाल समुन्द्र भएछु,
अटुट वायु भएछु,
अटल हिमाल भएछु,
अमर आयु भएछु !!
No comments:
Post a Comment